• 7:02 am

कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

प्रकाशित मिति

२०८१ जेष्ठ १८ गते, शुक्रबार १२:३७

जेठ १८, २०८१ काठमाडौँ: कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ । लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयरधनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए ।

कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रूपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरीसमेत परेको छ । यी दुवै सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो ।

प्रतिकृया