• 5:02 pm

सन्दीपलाई फेरि दिएन अमेरिकाले भिसा

प्रकाशित मिति

२०८१ जेष्ठ १७ गते, बिहीबार ०५:१३

जेठ १७, २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई आज फेरि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै उनले विश्वकप खेल्ने अनुमान गरिएको थियो । तर, अमेरिकाले उनलाई दोस्रो पटक भिसा दिन अस्वीकार गरेसँगै उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।

सन्दीपलाई यसअघि अमेरिकी दूतावासले ९ जेठमा भिसा दिन अस्वीकार गर्दा उनको टोलीमा सहभागिता अनिश्चित रहेको थियो । तर, सरकारले पुनः पहल गरेपछि फेरि आज अमेरिकी दूतावासले ४ बजेका लागि अन्तर्वाता दिन बोलाएको भए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।

फर्किने आधार नदेखिएको भन्दै सन्दीपलाई दोस्रो पटक भिसा नदिएको जनाइएको छ ।

प्रतिकृया