• 5:14 pm

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो

प्रकाशित मिति

२०८१ जेष्ठ १७ गते, बिहीबार ०३:३२

जेठ १७, २०८१ काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

स्रोतका अनुसार परराष्ट्रले बुधबार दूतावासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।

प्रतिकृया