• 2:44 pm

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

प्रकाशित मिति

२०८१ जेष्ठ १६ गते, बुधबार ०२:५०

जेठ १६, २०८१ काठमाडौँ: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको यो उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । यसअघि गत सोमबार सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिकृया