“विषाधिरहित भान्सा र जीवन सुरक्षा” सम्वन्धि दुईदिने प्रशिक्षणको आयोजना
प्रकाशित मिति
२०८१ जेष्ठ १३ गते, आईतवार १०:३०

जेठ १३, २०८१ काठमाडौँ: सूर्यविनायक नगरपालिका, वडा ७ र संवाहिका समाज नेपालको सहकार्यमा शुक्रवार “विषाधिरहित भान्सा र जीवन सुरक्षा” सम्वन्धि दुईदिने प्रशिक्षणको आयोजना गरिएको छ । प्रशिक्षणको उद्घाटन गर्दै पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाउन सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाधिरहित भान्साबारे प्रशिक्षणले स्थानीय लाभान्वित हुनेछन् ।”
पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले हाल सडक, बाटोघाटोलगायतको विकासको अनूभुति गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त र विषाधिरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै स्वच्छ नागरिक अभियानमा अगाडि बढ्नु निक्कै सह्रानीय कदम चालेको बताउनुभयो । सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले भौतिक विकाससँगै जीवनशैली परिवर्तनका लागि पनि वडाले पहल गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीयको जागरणका लागि केही बजेट छुटट्याएर संवाहिका समाज नेपालसँगको सहकार्यमा स्थानीय महिला समुहलाई लक्ष्यित गरी हाल चुनौतिपूर्ण बन्दै गएको स्वच्छ भान्साबारे प्रशिक्षणको आयोजना गरेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले वडामा मुटु रोग, मिर्गौला र क्यान्सर रोग लागेर सहयोग लिन आउने विरामीका लागि सिफारिस दिदा आफ्नो मुटु नै कटक्क खान्छ भन्दै स्वच्छ खानपान, आहार विहारको कमिले यस्ता रोग बढेको अनुभूति भएकोले यस प्रशिक्षण सञ्चालन गरिएको र आगामि दिनमा पनि स्थानीयको स्वास्थ्य, जीवनशैली सुधारका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।
सो अवसरमा वडा सदस्य सुमन परियारले स्थानीय भौतिक विकाससँगै स्वच्छ र स्वस्थ्य जीवनशैलीका लागि वडाले यस्ता प्रशिक्षण, तालिमलाई निरन्तरता दिने बताउनुभयो । स्थानीय नेतृ सरिता कुँवरले घरमा भान्सा सम्हाल्ने महिलाले विषाधिरहित खाना र पोषणबारे प्रशिक्षण पाउँदा सिङ्गै परिवार गाउँ, समाज नै स्वच्छ र स्वस्थ्य हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिंदै खाना मिलाएर खाना नजान्दा हाल रोग बढिरहेको चर्चा गर्नुभयो । त्यसैगरी संवाहिका समाज नेपालका सल्लाहकार एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक युवराज पौडेलले मोवाइल, इन्टरनेटलगायतका प्रविधिको सहि उपयोगबारे प्रशिक्षण दिनुभयो । संवाहिका समाज नेपालका सचिव कविता थापाले सूर्यविनायक नगर–७ का स्थानीय महिलाका लागि विषाधिरहित भान्सा र जीवनशैलीबारे प्रशिक्षणका लागि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको बताउनुभयो ।
संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित यस दुइदिने प्रशिक्षणको दोस्रो दिन काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेत र पोषणविद् सुजा मोक्तानले सहभागिलाई प्रशिक्षण दिदैं हुनुहुन्छ ।
भान्सा र जीवनशैलीबारे प्रशिक्षणका लागि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको बताउनुभयो । संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित यस दुइदिने प्रशिक्षणको दोस्रो दिन काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेत र पोषणविद् सुजा मोक्तानले सहभागिलाई प्रशिक्षण दिदैं हुनुहुन्छ ।
प्रतिकृया