• 6:59 pm

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सदनको गतिरोध हटाउने विषयमा कुराकानी

प्रकाशित मिति

२०८१ जेष्ठ ११ गते, शुक्रबार १०:३६

जेठ ११, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारले ल्याउन लागेको बजेटको तयारीका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

छलफलमा राष्ट्रपति पौडेलले प्रतिनिधि र राष्ट्रिय दुवै सदनमा हाल भइरहेको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारीका विषय उठाउँदै कांग्रेस लगायतका विपक्षी दलले सदन अवरुद्ध पार्दै आइरहेका छन् ।

प्रतिकृया