टीओआरबारे छलफल गर्न समितिको बैठक बस्दै
प्रकाशित मिति
२०८१ जेष्ठ १० गते, बिहीबार ०८:४७

जेठ १०, २०८१ काठमाडौँ: सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ । कार्यादेश टुंगो लगाउन गठित समितिका सदस्य जीवन परियारका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।
सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।
दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ ।
Related
Recent News
- दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा
- आजको मौसम कस्तो रहनेछ ?
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
- एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
- नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषाणपत्र सार्वजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया