• 12:46 pm

धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद

प्रकाशित मिति

२०८१ जेष्ठ ९ गते, बुधबार ०१:१३

जेठ ९, २०८१ जनकपुरधाम : नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय धनुषामार्फत सिरोहियालाई अदालतमा उपस्थित गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियालाई बयान लिएर अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग गरिएको बताएका छन् ।

म्याद थप गर्न अदालतसँग अनुमति माग्ने क्रममा सिरोहियलाई त्यहाँ उपस्थित गराइएको छ । यसअघि उनलाई बयानका लागिसमेत अदालतमा लगिएको थियो ।

प्रतिकृया