सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्
प्रकाशित मिति
२०८१ जेष्ठ ९ गते, बुधबार ०१:०२
जेठ ९, २०८१ काठमाडौँ: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक प्रेस नोट जारी गर्दै नागरिकता प्रकणमा सिरोहिया पक्राउ परेपछि आफ्नो धारणा सार्वजनिक गरेको हो ।
दूतावासले घुमाउरो भाषा प्रयोग गर्दै नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको जनाएको छ । अमेरिकाले आफ्ना लागि प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तका रुपमा रहेको पनि जनाएको छ ।
‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्’, दूतावासले भनेको छ,‘कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’
सिरोहियालाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै धनुषा लगिसकेको छ ।
उनलाई नागरिताको कसुसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यायले धनुषा अदालतमा उपस्थित गराएको छ । अहिले त्यहाँ उनको बयान चलिरहेको छ । अदालतबाहिर भने उनको पक्षमा नाराबाजी भइरहेको छ ।
प्रतिकृया