• 12:37 pm

नेप्सेमा उछाल कायमै, २४ अंकले बढेको बजारमा कारोबार ५ अर्बमाथि

प्रकाशित मिति

२०८१ जेष्ठ ८ गते, मंगलवार ०४:५९

जेठ ८, २०८१ काठमाडौँ: साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.९४ अंकले बढेको छ । कारोबार समयको सुरुवाति चरणमा उत्तारचढाव भएको नेप्से मध्यान्ह १२ बजेपछिदेखि उकालो लाग्दै अन्तिम समयमा २१ सय १५ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय १७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख माथि पुगेको छ ।

आज बजारमा कारोबारमा आएकामध्ये विकास बैंक र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसका कारण आज १ सय ९४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज कारोबारमा आएक कम्पनीमध्ये ६ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज पोखरा फाईनान्स कम्पनी लिमिटेडको सबैभन्दा बढी २४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिकृया