• 5:16 pm

पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

प्रकाशित मिति

२०८१ जेष्ठ ८ गते, मंगलवार ०२:२४

जेठ ८, २०८१ काठमाडौँ: पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।

पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो ।

पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिकृया