• २ असार २०८१, शनिबार
  • 3:08 am

राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

प्रकाशित मिति

८ जेष्ठ २०८१, मंगलवार १४:११

जेठ ८, २०८१ काठमाडौँ: प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगे । उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए ।

वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध रहेको बताए । सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको बताए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०÷४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्युँताउन उक्त विधेयक पेस गरिएको थियो ।

प्रतिकृया