प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित
प्रकाशित मिति
२०८१ जेष्ठ ८ गते, मंगलवार ०१:४२
जेठ ८, २०८१ काठमाडौँ: मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताएका छन् ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।
यस्तै कांग्रेसले आफ्ना नेताहरुमाथि लगाइएको आरोप प्रमाणित नगरे सदनबाट गलहत्याएर निकाल्नेसम्मको चेतावनीसमेत दिएको छ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया