गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा रेग्मी र पोखरेलको इजलासमा
प्रकाशित मिति
२०८१ जेष्ठ ८ गते, मंगलवार ०१:०६
जेठ ८, २०८१ काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध परेको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए।
उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेशको निरन्तरता हुने वा नहुनेबारे बहस हुनेछ।
प्रतिकृया