सेयर बजारमा उछाल : नेप्से ४५.६९ अंकले बढ्यो, ५ अर्ब बढीको कारोबार
प्रकाशित मिति
२०८१ जेष्ठ ६ गते, आईतवार ०५:१७

जेठ ६, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक ४५ अंकले बढेर बन्द भएको छ। नेप्से ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ८.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा ५ अर्ब माथिको सेयर कारोबार भयो ।
यसदिन ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा खरिदबिक्री भए। आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आत्मनिर्भर लघुवित्त,सबैको लघुवित्त,सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माण्डु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १४ करोड ८० लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो। फस्ट माइक्रो फाइनान्सको साढे ११ करोड बढीको सेयर कारोबार भयो ।
प्रतिकृया