• 4:21 am

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर, भत्किए ६ घर

प्रकाशित मिति

२०८१ जेष्ठ ६ गते, आईतवार १२:५९

जेठ ६, २०८१ काठमाडौँ: गौशाला चोकमा रहेको नियम विपरीत बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा भत्काइएको हो ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ । गौशालातर्फबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरू भत्काइएको हो । पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ ।

बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि अतिक्रमित संरचना हटाउने काम तीव्र बनेको छ ।

प्रतिकृया