एकीकृत समाजवादीको निर्णय- सहकारीको रकम अपचलनमा छानबिन समिति गठन हुनुपर्छ (पूर्णपाठ)
प्रकाशित मिति
२०८१ जेष्ठ ३ गते, बिहीबार ०३:०३
जेठ ३, २०८१ काठमाडौँ: नेकपा एकीकृत समाजवादीले सहकारीमा जम्मा भएको रकम अपचलनका सन्दर्भमा छानबिन समिति गठन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।
‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’, जेठ १ र २ गते बसेको केन्द्रीय समितिको बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।
यद्यपि, सो पार्टीले संसदीय छानबिन समिति वा अन्य समिति गठनको विषय भने प्रष्ट खुलाएको छैन । नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेर सदन अवरोध गर्दै आएको छ ।
यस्तो छ एकीकृत समाजवादीको बैठकले पारित गरेका प्रस्तावहरूः
एकीकृत-समाजवादीको-केन्द्रीय-समिति-बैठकबाट-पारित-प्रस्तावहरू-२०८१-जेठ-१-र-२
प्रतिकृया