• 6:32 am

अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ : अर्थसचिव मरासिनी

प्रकाशित मिति

२०८१ जेष्ठ ३ गते, बिहीबार ०२:५५

जेठ ३, २०८१ काठमाडौँ: अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताएका हुन् । उनले विगतमा बाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भए पनि अहिले त्यो सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको बताए । सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिनाभन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको स्पष्ट पारे ।

अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरे । सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर गरे ।

“१२ महिनाभन्दा बढीको आयात निर्यात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति छ । यसरी हेर्दा बाह्य क्षेत्र सकारात्मक छ । अब सरकारले आन्तरिक अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले बनाउने अबका नीतिहरू निजी क्षेत्रले अर्थतन्त्रमा शिथिलताको महसुस गर्नुभएको छ । त्यसलाई चिर्ने हिसाबले जान्छ । विगतमा सरकारले बाह्य क्षेत्रमा सुधार गर्नुपर्ने थियो अब सरकारको कोर्ष अर्थतन्त्रको आन्तरिक क्षेत्रमा शिथिलता भएको छ त्यसलाई चिर्ने गरी बजेट र मौद्रिक नीति ल्याउनुपर्ने छ,” उनले भने ।

उनले अहिले केही क्षेत्रगत समस्याहरू रहेको भन्दै त्यस्ता समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए ।

प्रतिकृया