कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ : ओली
प्रकाशित मिति
२०८१ जेष्ठ ३ गते, बिहीबार ०१:५१
जेठ ३, २०८१ काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवरुद्ध संसद् खुलाउन राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका छन् । बिहीबार (जेठ ३) बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने पनि बताए । ‘संसद खुलाउनका लागि छलफल भइरहेको छ । कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ? एउटा पार्लियामेन्ट मेम्बरलाई बोल्न नदिएर कहाँ हुन्छ र?,’ उनले भने।
रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग छ । उता, सभापति लामिछानेले भने आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका थिए ।
कांग्रेसले अवरुद्ध संसद् खुलाएर गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि समिति बनाउनुपर्नेबारे आफ्ना माग राख्नेगरी रणनीति अख्तियार गरेको एक नेताले जानकारी दिए ।
प्रतिकृया