• 6:47 am

रविमाथि छानबिन गर्न समिति बनाउनु पर्ने पक्षमा एकीकृत समाजवादी पनि

प्रकाशित मिति

२०८१ जेष्ठ ३ गते, बिहीबार १२:३४

जेठ ३, २०८१ काठमाडौँ: सत्तापक्षीय दल नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि ‘सरकारी ठगी’ प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने बताएको छ।

रवि सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एमालेलगायत सरकारमा सहभागी अन्य दलहरूले छानबिन समिति बनाउनुपर्ने कुरामा ‘आलटाल’ गरिरहँदा एकीकृत समाजवादी भने समिति बनाउनुपर्ने पक्षमा उभिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रविमाथि समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर रूपमा सदन अवोध गर्दै आइरहेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन पनि कांग्रेसले सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएको थिएन । सदनमा बोल्न लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले कांग्रेससँग निरन्तर सहमतिको प्रयास गरिरहेका छन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सोही कारणले स्थगित भएको छ। प्रधानमन्त्री दाहालले कांग्रससँग गृहमन्त्रीलाई बोल्न दिने गरी सहमतिको प्रयास भएरहेको भन्दै सभामुख घिमिरेलाई बैठक ढिलो गर्न टेलिफोन वार्तामार्फत् निर्देशन दिएका थिए। त्यसैअनुरूप बैठक अपराह्न ४ बजेका लागि सरेको छ।

प्रतिकृया