• १४ जेष्ठ २०८१, सोमबार
  • 1:50 am

ठूलो परिमाणमा कोकिन बरामद, अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

प्रकाशित मिति

३ जेष्ठ २०८१, बिहीबार १०:२२

जेठ ३, २०८१ काठमाडौँ: प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका व्यक्तिहरू लागुऔषधको अन्तर्राष्ट्रिय कारोबारी भएको ब्युरो स्रोतको भनाइ छ । बरामद कोकिनको यकिन परिमाण र पक्राउ मिति, स्थान र व्यक्तिहरूबारे विस्तृतमा खुलाइएको छैन । ब्युरोले आज पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराउँदै छ ।

प्रतिकृया