• 5:17 pm

नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनले नयाँनेतृत्व छान्दै

प्रकाशित मिति

२०८१ जेष्ठ ३ गते, बिहीबार ०९:२६

जेठ २, २०८१ काठमाडौँ: नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको ९ औ जिल्ला अधिवेशन भोलीदेखि सुरु हुने भएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षमा बचन देउजाले पार्टीका नेता मदन भण्डारीको स्मृति लिवसका अवसरमा आयोजना गरिने उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलि लगायतका नेताको सहभागीता रहने बताए ।

भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा आयोजना गरिने अधिबेशन अन्तरगत भोली उद्घाटन शत्रका अलवा विभिन्न प्रतिबेदन प्रस्तुत गरिने अध्यक्ष देउजाले जानकारी दिए ।

४ गते सबै प्रतिबेदन पास गरेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने भएको छ । दुई दिन हुने भएको छ । उक्त अधिबेशनका लागि ४ सय ९८ जना प्रतिनिधि चयन भएका छन् । देउजाका अनुसार, पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनितसहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएका छन् ।

उद्धघाटन कार्यक्रम भव्य बनाउन भक्तपुरका दुई ठाउँमा पार्टीका नेता, कार्यकर्ता भेला भएर न्यालीसहित कार्यक्रम उद्धघाटन स्थलमा आउने कार्यक्रम रहेको देउजाले बताए ।

अधिवेशन नजिकिँदै जाँदा पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । जिल्लाको नेतृत्वका लागि पार्टी अध्यक्ष देउजा पुनस् आकाक्षा व्यक्त गरेका छन् । उनको समुहबाट हालका उपाध्यक्ष एवं सुर्यबिनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा पुनः उपाध्यक्षमा उमेदवार बन्ने भएका छन् ।

त्यसैगरी पुर्व मन्त्री एवं पोलिटव्युरो सदस्य महेश बस्नेत निकटका मोहनबीर श्रेष्ठ अध्यक्षमा उमेदवार बन्ने बताइएको छ । सो समुहबाट बागमति प्रदेश सभा सदस्य किरण थापा मगर उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने एमाले नेताहरूले बताएका छन् ।

प्रतिकृया