• १४ जेष्ठ २०८१, सोमबार
  • 12:17 am

जीप दुर्घटनामा दुईजनाको मृत्यु, १३ घाइते

प्रकाशित मिति

३ जेष्ठ २०८१, बिहीबार ०९:२५

जेठ २, २०८१ पाल्पा : पाल्पामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व)मा गएराति मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

प्रतिकृया