• 2:15 pm

संसद् अवरोधका विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल

प्रकाशित मिति

२०८१ जेष्ठ २ गते, बुधबार ०९:१६

जेठ २, २०८१ काठमाडौँ: संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीचको छलफल जारी छ ।

“प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिनुभएको छ,” उनको सचिवालयले भनेको छ । यसै विषयमा उनले प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षष गराएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिकृया