• 4:53 am

आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने

प्रकाशित मिति

२०८१ जेष्ठ १ गते, मंगलवार ०४:११

जेठ १, २०८१ काठमाडौँ: सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।

“कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,” उनले भने, “आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।”

उनले दशक घोषणापश्चात् सरकारी निजी सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गर्ने जानकरी दिए ।

प्रतिकृया