• १४ जेष्ठ २०८१, सोमबार
  • 12:22 am

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

प्रकाशित मिति

३० बैशाख २०८१, आईतवार ०९:२६

वैशाख ३०, २०८१ काठमाडौँ: काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ ।

मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्या भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । सामान्य विवाद हुँदा बीचबाटोमै चक्कु प्रहार गरेर हत्या गरेको जनाइएको छ ।

घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न १७ वर्ष मुनिका रहेका छन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिकृया