• 7:05 pm

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

प्रकाशित मिति

May 12, 2024

वैशाख ३०, २०८१ काठमाडौँ: गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

उनी अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया