• 8:11 pm

चट्याङ लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति

२०८१ बैशाख २६ गते, बुधबार १०:२५

वैशाख २६, २०८१ नवलपरासी : पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मंगलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए ।

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् ।

प्रतिकृया