पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल
प्रकाशित मिति
२०८१ बैशाख २६ गते, बुधबार १०:१७
वैशाख २६, २०८१ काठमाडौँ: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ ।
पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ ।
यादवले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया