• 1:45 pm

सुनिल पौडेललाई ९ वर्ष कैद, २३ करोड जरिवाना

प्रकाशित मिति

२०८१ बैशाख २६ गते, बुधबार १०:०७

वैशाख २६, २०८१ काठमाडौँ: पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना भएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पदमा रहँदा पदीय मर्यादा विपरीतका कार्यबाट अवैध आम्दानी गरेको ठहर गर्दै विशेष अदालतले शर्मालाई उक्त सजाय सुनाएको हो। उनलाई विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो ।

अदालतले मंगलबार उनको सजाय निर्धारण गरेको हो। विशेषका अध्यक्ष न्यायाधीश टेकबहादुर कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक पदमा रहँदा पौडेलले पदीय मर्यादा विपरीतका कार्यबाट अवैध आम्दानी गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पौडेल २०६१ जेठ २० गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई ०६२ माघसम्म कार्यरत रहेका थिए। ०६५ असारदेखि २०७५ साउनसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर काम गरका थिए भने २०७५ साउनदेखि २०७८ चैतसम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक भएका थिए ।

प्रतिकृया