• 4:25 pm

लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म

प्रकाशित मिति

२०८१ बैशाख १८ गते, मंगलवार ०२:४९

वैशाख १८, २०८१ काठमाडौँ: ललितपुरको गोदावरी ६ स्थित आनन्द वनमा भएको भीषण आगलागी बस्तीसम्म फैलन लागेको छ । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो ।

डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्द वन कुष्ठरोग अस्पतालमा पनि जोखिममा छ । त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी समेत घटनास्थलमा छन् ।

डढेलो निभाउँदा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया