मंगलबार भरतपुर र पोखरामा वायु प्रदूषण उच्च
प्रकाशित मिति
२०८१ बैशाख १८ गते, मंगलवार ०१:०३
वैशाख १८, २०८१ काठमाडौँ: चितवनको भरतपुर र कास्कीको पोखरामा वायु प्रदूषण मंगलबार पनि उच्च छ । वातावरण विभागको रेकर्डमा मंगलबार बिहान ११ः३० बजे पोखरा देशकै सबैभन्दा वायु प्रदूषित सहर देखिएको छ ।
यो अवधिमा पोखराको एयर क्वालिटी इन्डेक्स एक्यूआई १९२ पुगेको छ । भरतपुरको एक्यूआई १७९ र काठमाडौंको शंखपार्कको १६२ देखिएको छ ।
भरतपुरको सोमबार २४ घण्टाको औसत एक्यूआई २४९ थियो । सोही अवधिमा पोखराको एक्यूआई १५७ थियो । काठमाडौंको सोमबार २४ घण्टाको एक्यूआई १५७ थियो ।
विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रेकर्डमा भरतपुरको एक्यूआई १९८, पोखराको १६९ र काठमाडौंको १८९ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।
Related
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया