• 6:01 pm

ओलीले दिए सुहाङलाई बधाइ, ‘युवालाई अघि बढाउने आफ्नो लक्ष्य’

प्रकाशित मिति

२०८१ बैशाख १८ गते, मंगलवार ११:०३

वैशाख १८, २०८१ काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा सुहाङसहितको तस्बिर राख्दै ओलीले बधाइ दिएका हुन् । उनले सुहाङलाई विजयी गराएकोमा इलामका मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ ? सुहाङ्ले भन्नु भएको थियो– इलामेली जनतालाई सोध्नु पर्छ ! आज अन्तिम परिणाम आयो– ५८३० मतान्तरले जित भयो।’

अध्यक्ष ओलीले नेकपा एमालेले नेतृत्वमा युवालाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवालाई अझ अगाडि बढाउँदै लैजाने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।’

प्रतिकृया