• 6:01 am

बझाङमा कांग्रेसलाई उछिन्दै एमाले अघि लाग्यो

प्रकाशित मिति

२०८१ बैशाख १७ गते, सोमबार १२:१२

वैशाख १७, २०८१ काठमाडौँ: बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई ९ मतले उछिन्दै एमाले अघि बढेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८८९ मत सहित अग्रता बनाएका छन्। नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९८८० मत सहित पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत ल्याएका छन् । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ ।

यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ ।

आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ ।

प्रतिकृया