• 4:32 pm

सुप्रिम सहकारी ठगीमा पक्राउ परेका पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

प्रकाशित मिति

२०८१ बैशाख ७ गते, शुक्रबार ०५:१७

वैशाख ७, २०८१ दाङ : बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका ६ जनालाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका वैतनिक वकिल कृष्णप्रसाद ढकालले दिपेश पुन सहित ६ जनालाई धरौटीमा छाडने आदेश दिएको जानकारी दिए । दीपेश पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले बताएको छ । पुनलाई ४ लाख धरौटीमा छाडने आदेश दिएको हो । नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको छ।

सहकारी अध्यक्ष ओमप्रकाश गुरुङलाई भने जिल्ला कारागारमा पुर्पक्षाका लागि पठाइएको छ । अदालतमा ३ दिन पक्राउ परेकाको बयान र थुनछेक बहस भएको थियो।

प्रतिकृया