• 8:07 pm

कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

प्रकाशित मिति

April 19, 2024

वैशाख ७, २०८१ काठमाडौँ: गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

आज बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरु भएको जानकारी गराएका थिए । त्यसपछि उनले बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गरेका थिए ।

“प्रतिपक्षको आसन खाली रहेको देखिएकाले प्रतिपक्ष दलका माननीय सदस्यहरू सभाहलमा प्रवेश गरेर आआफ्नो स्थानमा गर्नका लागि अनुरोध गर्दछु,” उनले प्रतिपक्ष दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

सभामुखले तीनपटक प्रतिपक्ष दलका सांसदहरूलाई सभाहलमा आउन आग्रह गरेका थिए । तर, उनीहरू नआएपछि सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिकृया