• 5:43 am

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

प्रकाशित मिति

२०८१ बैशाख ५ गते, बुधबार ०८:४३

वैशाख ५, २०८१ काठमाडौँ: देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया