• १४ जेष्ठ २०८१, सोमबार
  • 1:26 am

एसीसी प्रिमियर कपः नेपाल आज साउदीसँग भिड्दै

प्रकाशित मिति

५ बैशाख २०८१, बुधबार ०८:३२

वैशाख ५, २०८१ काठमाडौँ: एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११:४५ बजे सुरु हुँदैछ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित दर्ता गरेको हो । नेपालको समूह विजेता बन्दै सेमिफाइनल खेल्न लक्ष्य छ ।

प्रतिकृया