• 6:02 am

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

प्रकाशित मिति

२०८१ बैशाख ४ गते, मंगलवार ०१:५७

वैशाख ४, २०८१ काठमाडौँ: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया