• 3:11 pm

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति

२०८१ बैशाख ४ गते, मंगलवार ०१:२९

वैशाख ४, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा भएको काम भन्दा ९ लाख ९३ हजार ९४० बढी बिल भरपाई गराई भुक्तानी लिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सव इन्जिनियर मोति प्रसाद बुढा, उपभोक्ता समिती दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपरा गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दायर गरेको जानाएको छ ।

प्रतिकृया