• 6:27 am

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

प्रकाशित मिति

२०८१ बैशाख ४ गते, मंगलवार १०:४७

वैशाख ४, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको समाचार आइरहँदा उहाँहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो । जारी वार्तामा समसामयीक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको छ । अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइसक्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गरेको सहमतिबाट पछि हटेको उहाँको आरोप छ ।

यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच छलफल भएको बताइएको छ ।

प्रतिकृया