• १४ जेष्ठ २०८१, सोमबार
  • 1:36 am

धादिङमा आइचर दुर्घटना हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

प्रकाशित मिति

२ बैशाख २०८१, आईतवार १२:२७

वैशाख २, २०८१ काठमाडौँ: धादिङको नीलकण्ठ नगरपालिका ५, श्रीमल टोल नजिकै आइचर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । स्थानीय कृषि कर्मका लागि मल बोकेर जाने क्रममा बा३ख ८९४७ नम्बरको आइचर श्रीमल टोल नजिकैको दाउन्ने खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १० वर्षीय बालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम कुमार केसीले लोकपथलाई जानकारी दिए ।

आइचरमा ५ बालबालिकासहित ९ जना व्यक्ति सवार रहेका थिए । दुर्घटनामा एक नाबालकको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । आइचर सडकबाट ७० मिटर तल खोलामा खसेको छ ।

प्रतिकृया