• 7:30 pm

संसद् अधिवेशन अप्रत्यासित अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

प्रकाशित मिति

April 14, 2024

वैशाख २, २०८१ काठमाडौँ: नेपाली कांग्रेसले सरकार तानाशाही भएकाले संसद् बैठक अवरुद्ध भएको जनाएको छ । आइतबार बिहान कांग्रेस संसदीय दलको बैठकले बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबीन गर्न प्रतिपक्षले उठाएको ठहर गरेको हो । तर माग सरकारले बेवास्था गरेको उसको ठहर छ ।

कांग्रेसले संसद अवरुद्ध गरेको नभई सरकार नै गैह्रजिम्मेवार बन्दा अवरोध भएको उल्लेख गरको छ । हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । विपक्षीले बचत रकम हिनामिनाको विषय उठाउँदा सरकारले बेवास्था गरेको उनले सुनाए ।

‘उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमाथि गम्भीर र सार्थक संवाद हुनुपर्ने हो । तर संसदीय मूल्य मान्यता विपरीत अगाडि बढेको छ’ उनले भने, ‘जनताका मागका विषयमा सरकार गम्भीर हुनुपर्छ । संसदबाट भाग्न मिल्दैन । संसदीय अभ्यासलाई कमजोर बनाउन मिल्दैन ।’

लेखकले सरकारले संसद अधिवेशन अप्रत्यासित रुपमा स्थगित गरेको बताए ।

प्रतिकृया