• १४ जेष्ठ २०८१, सोमबार
  • 1:05 am

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी पार्टीबाट निलम्बित

प्रकाशित मिति

३० चैत्र २०८०, शुक्रबार १३:१६

चैत्र ३०, २०८० काठमाडौँकाठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।

प्रतिकृया