• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:52 am

मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्ने तयारी

प्रकाशित मिति

३० चैत्र २०८०, शुक्रबार १२:२९

चैत्र ३०, २०८० काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रिपरिषदबाट पारित गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई सदनमा दर्ता गराउन लागिएको बताएकी छन् ।

उहाले उक्त विधेयकलाई छिटो भन्दा छिटो सदनबाट पारित गर्न सके अहिले विकास भएका सवै प्रकारका सञ्चारमाध्यमहरुलाई नियमन र प्रोत्साहन गर्न सहज हुने दाबी गरिन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरि प्रसारण ऐनलाई पनि समितिबाट पारित गरि संसदमा लैजाने तयारी भइरहेको उनले बताइन् ।

मन्त्री शर्माले पत्रकारलाई सहज बनाउने गरि मन्त्रालयले बिभिन्न निर्णय गरेको र आवश्यक अन्य ऐन कानूनहरु निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिइन् ।

मुलुकका आएका परिवर्तनलाई संस्थागत गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतालाई स्थापित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले समाचारहरु सत्य र तथ्यमा आधारित भएर सरकार र जनताको पुलको रुपमा काम गर्न सक्नुपर्ने बताइन्। कार्यक्रममा केही सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया