• 4:51 pm

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

प्रकाशित मिति

२०८० चैत्र ३० गते, शुक्रबार ११:५८

चैत्र ३०, २०८० काठमाडौँ: गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ५ गतेसम्म काठमाडौं स्थित होटल आनन्द पशुपतिमा श्री रामकथा बाचन भई रहेको छ । उक्त राम कथा विश्व प्रख्यात जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट वाचन भईरहेको हो । श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा बाचन भईरहेको उक्त राम कथा यहि मिति २०८१ बैशाख ५ गतेसम्म हुने छ ।

उक्त कथा को प्रथम सत्रमा श्री रामचरित मानसका सामूहिक संगीतमय मूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्र अन्तर्गत जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जी महाराजको मुक्तकण्ठबाट श्रीराम कथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ । उक्त रामकथा श्रवण गर्न चाहनु हुने इच्छुक सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई कथा स्थलमा उपस्थित भई कथा श्रवण तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिकृया