• १४ जेष्ठ २०८१, सोमबार
  • 2:01 am

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

प्रकाशित मिति

२८ चैत्र २०८०, बुधबार ०८:५२

चैत्र २८, २०८० सिमकोट : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ जना सांसदको हस्ताक्षरसहित कँडेलले प्रदेश प्रमुख परिवारसमक्ष दाबी पेश गरेका थिए।

कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले समर्थन गरेका छन्। ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको आवश्यक पर्छ।

प्रतिकृया