पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८० चैत्र २७ गते, मंगलवार ०५:०१
चैत्र २७, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पलाँता-८ मा थोपा सिँचाई आयोजना निर्माणमा उपभोक्ता समितिले काम नगरी रकम अनियमितता गरेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
आयोगले दायर गरेको आरोपपत्रमा न्यौपानेसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सव-इन्जिनियर माधव कुमार भट्ट, वडा नं. ८ का तत्कालीन वडाअध्यक्ष पटकबहादुर बम र वडासचिव जानकी कुमारी शाही, मुलखोला थोपा सिंचाई उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ ।
palata
प्रतिकृया