राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग
प्रकाशित मिति
२०८० चैत्र २७ गते, मंगलवार ०३:३६
चैत्र २७, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रीएको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शनका क्रममा गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो ।
भृकुटीमण्डपबाट सुरू राप्रपाको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ समेत परेका छन् ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ , ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपिएर ४१ बुँदे भयो ।’
प्रतिकृया