राप्रपा जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप
प्रकाशित मिति
२०८० चैत्र २७ गते, मंगलवार ०२:०३
चैत्र २७, २०८० काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेपछि झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच काडमाडौंको भद्रकालीमा झडप भएको हो ।
प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।
जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निकालिएको छ ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया